डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

छिनोफानो   सोमबार १७, माघ २०७८ ०१:००

डाेटी - डाेटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीकै भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता रहेकाे छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।' अस्पतालमा बिरामीले रगतको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ । नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । 'रगत आवश्यक परे सिधै प्रहरी र सेनालाई सम्पर्क गर्छौँ', शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भन्नुभयो ।

जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि याे केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ ।

सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, 'सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।'

सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु