बर्दियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

छिनोफानो   मङ्गलबार १८, माघ २०७८ १०:१८

बर्दियाको बढैयाताल गाउँपालिका-३, सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । अरु तीन जना गम्भीर घाइते छन् । हिजो (सोमबार) बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका पाँच जनालाई एकसाथ ठक्कर दिएको थियो ।

दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।

सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोममा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु