चुनावको मितिबारे सल्लाह गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

छिनोफानो   मङ्गलबार १८, माघ २०७८ ०२:४४

स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

तर, ऐन संशोधनपछि मात्रै निर्वाचन गर्ने भन्दै सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र चुनाव गर्ने निणर्य गरेको थियो । ऐन संशोधन झन्झटिलो भएकाले जेठ ५ अघि नै निर्वाचन गर्ने विषयमा छलफल हुन लागेको बताइएको छ । यसअघि प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशका नेताहरुसँगको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने तयारी गरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु