अनेरास्ववियु कैलालीको आन्तरीक मामिला तथा कानुन मन्त्रालय अगाडी कालो झण्डा सहित प्रदर्शन

छिनोफानो   मङ्गलबार १८, माघ २०७८ ०५:०८

नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियु कैलालीले आन्तरीक मामिला तथा कानुन मन्त्रालय अगाडी कालो झण्डा सहित प्रदर्शन गरेको छ ।

स्थानीय तहको निवार्चनको मिती घोषणा गर्नु पर्ने माग राख्दै  बिभिन्न नारा सहित अनेरास्ववियुले पार्क मोडमा रहेको आन्तरीक मामिला तथा कानुन मन्त्रालयको गेट अगाडी  प्रदर्शन गरेको हो ।

 आज प्रधानमन्त्री र निर्वाचन आयोग बिच २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमती भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचनको तयारी थाल्न सबै निकायलाई निर्देशन दिनु भएको छ ।

जेठमा स्थानीय निर्वाचन गर्दा स्थानीय निर्वाचन एन संसोधन गर्नु पर्ने भएकाले सत्ता गठबन्धन एन संसोधनमा जुटको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु