कैलाली प्रहरीको सफलता : ६ महिनामा ७३ जना फरार अभियुक्त पक्राउ

पवन भण्डारी   बुधबार १९, माघ २०७८ ०१:०७

पवन भण्डारी, कैलाली । जिल्ला प्रहरी कार्यलय कैलालीले आर्थीक बर्ष ०७८÷०७९ को  छ महिनामा बिभिन्न मुद्धामा फरार रहेका ७३ जना अभियुक्तलाई पक्राउ गरेको छ । बिभिन्न शिर्षकमा मुद्धा दर्ता भई प्रहरीको नियन्त्रण भन्दा बाहीर रहेका अभियुक्तहरु लाई प्रहरीले पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यलय कैलालीको तथ्यांक अनुसार कुटपिट,गर्भपतन,चेक अनादर,चोरी, जुवा,ठगी,बहुबिबाह,लागु औषध,बन,सवारी ज्यान ,र सार्वजनिक हित लगायतका शिर्षकमा मुद्धा दर्ता भएका अभियुक्त लाई  प्रक्राउ गरेको  हो । 

प्रहरीले अदालत बाट फैसला भएका ५३ जना तथा प्रहरीको अनुसन्धानको क्रममा रहेका २० जना गरि ७३ जना फरार अभियुक्त लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी बिश्व अधिकारीले बताए ।

उनले आफुहरुले बिभिन्न बषौ पुराना घटनाका अभियुक्त लाई नियन्त्रणमा लिनका लागी प्रहरीको बिषेश टोली परिचान गरिरहेको बताए । अदालत बाट फैसला भएका ५३ जना मध्ये सबै भन्दा बढि धनगढी उपमहानगरपालीका बाट २२ जना अभियुक्त नियन्त्रणमा लिएको प्रमुख अधिकारीले बताए । 

पछिल्लो समय टिकापुर क्षेत्रमा भएका हिंसात्मक घटनामा प्रहरी अनुसन्धान मा कमी नभएको बताउदै एसपी अधिकारीले भने हामीले मुख्य अभियुक्त लाई नियन्त्रणमा लिईसकेका छौ जो छिमेकी देश भारत पुगेका छन उनिहरुको खोजिका लागी समेत भारतीय प्रहरी सँग समन्वय भईरहेको बताए ।

उनले धनगढी बाट सौतेनी छोराहत्या गरि भारत पसेकी एक अभियुक्त लाई समेत भारत बाटै पक्राउ गरि अदालत सामु पेस गरेको र अन्य अभियुक्त लाई पनि प्रहरीले प्रक्राउ गर्ने बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु