धनगढीमा मुख्यमन्त्री पाँचौ अन्र्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीता हुदै

छिनोफानो   बुधबार १९, माघ २०७८ ०४:४२

कैलालीको धनगढीमा आउदो फागुन १९ गते देखि २८ गते सम्म मुख्यमन्त्री पाँचौ अन्र्तराष्टिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीताको आयोजना हुने भएको छ । सुदुरपश्चिम–११ स्पोट्स क्लब धनगढी आयोजनामा हुने उक्त फुटबल प्रतियोगीताको मुख्य प्रर्बदक सुदुरपश्चिम खेलकुद परिषद रहको छ । 

प्रतियोगितामा बिजेताले २१ लाँख पुरस्कार पाउने छ भने उप बिजेताले १० लाँख तथा नगद ,ट्रफि ,मेडल र प्रमाण पत्र पाउने सुदुरपश्चिम–११ स्पोट्स क्लब धनगढीका अध्यक्ष सुरेश हमालले बताए । उक्त प्रतियोगितामा बिदेशी खेलाडी सहित बिभिन्न १० ओटा टिमको सहभागीता रहने बताए ।

धनगढी रंगशालामा हुने सो फुटबल प्रतियोगीमा प्रतियोगीमा उत्कृष्ट गोलकिपर,डिफेन्डर,स्टाईगर, मिड–फिल्डर। सर्बाधिक गोलकर्ता, उदयमन खेलाडी र कोच लाई नगद २० हजारका दरले पुरस्कार प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडी लाई नगद १० हजार प्रदान गरिनेछ ।

उनले यो पुरस्कार देशकै सर्बाधिक धनराशी रहेको यो प्रतियोगितामा करिब १ करोड ५० खाँख खर्ज हुने अनुमान गरियको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिब दिपक बिष्टले सुदुरपश्चिम प्रदेशलाई फुटबलको प्रदेश भनेर देश भर परिचित गराउने र यस क्षेत्रका युवाहरु लाई फुटबल तर्फ आर्कर्षित गराउनका लागी खेलको आयोजना गरियको बताए । 

प्रत्योगीता लाई करिब ५ हजार मानीसले अवलोकन गर्ने छन भने ५० लाँख मानीसहरुले अप्रत्यक्ष रुपमा जानकारी पाउने आयोजकले अपेक्षा गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु