जेठ ४ भित्रै स्थानीय तहको चुनाव हुनुपर्छ : एमाले अध्यक्ष ओली

छिनोफानो   बिहिबार २०, माघ २०७८ ०९:१८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताउनुभएको छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेकाे एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताउनुभएको हो ।   

सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उहाँले कानुन एवम् संविधानअनुसार फागुनभित्र चुनाव गर्न एमालेले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरेको बताउनुभयो । 

यस्तै ओलीले कोरोना भाइरसविरुद्धको २४ लाख मात्रा खोप हराउनु सरकारको गम्भीर लापर्बाही भएको भन्दै छानबिन पनि नहुनु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो । 

एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तह चुनावकाे मिति तत्काल घोषणा गर्न माग गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको मिति भोलि बिहीवारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु