सीके राउतको जनमत पार्टीले बन्द गर्‍यो पूर्व-पश्चिम राजमार्ग

छिनोफानो   बिहिबार २०, माघ २०७८ १०:४९

सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) देखि पुनः पूर्व-पश्चिम राजमार्ग बन्द गराएको छ । किसान आन्दोलन गरिरहेको जनमत पार्टीको बन्द आह्वानमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी खण्डमा सवारी चलेका छैनन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

आज विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीय बाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु