लोक सेवा आयोगका स्थगित भएका परीक्षा फागुन ६ गतेदेखि हुने

छिनोफानो   बिहिबार २०, माघ २०७८ ०३:१४

काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा त्यस सरह (अप्राविधिक र प्राविधि) तर्फ शाखा अधिकृत वा त्यस सरह प्राविधिक र स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नबौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख  गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवम् आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

कोरोना भाइरसको जोखिम र सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरू कानुनी उपचारमा गएका कारण लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको थियो । लोक सेवाका विभिन्न तहका झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको थियो ।

लोक सेवाको तालिका प्रभावित हुँदा पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था बनेको थियो । अब भने कानुनी समस्या समाधान भएसँगै लोक सेवा आयोगले फेरि धमाधम नतिजा प्रकाशन गर्ने र परीक्षा सञ्चालनको मिति तोकेको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु