दाङमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

छिनोफानो   बिहिबार २०, माघ २०७८ ०३:४२

दाङको शान्तिनगर गाउँपालिका–५ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका स्थानीय  ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ ।   पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु