कैलालीमा लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी

पवन भण्डारी   बिहिबार २०, माघ २०७८ ०४:३५

जिल्लामा लागू औषधको बिकराल समस्या रहेको भन्ने जानकारीसंगै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले कमाण्ड सम्हाल्ने वित्तिकै लागू औषध विरुद्ध हाम्रा सन्ततीको “भविष्य बचाउँ” भन्ने बिशेष अभियान सञ्चालनमा ल्याएका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीको आर्थिक बर्ष २०७८र७९ को पहिलो ६ महिनाको तथ्याङ्क अनुसार यस अवधिमा कैलाली जिल्लामा ५ जना महिला र १०२ जना पुरुष गरी जम्मा १०७ जना लागू औषध सहित पक्राउ परी मुद्दा चलाएको देखिन्छ । सोही अवधिमा गत बर्ष ५७ जना उपर मुद्दा चलाईएको थियो । मुद्दा संख्याको आधारमा गत बर्ष ४३ वटा मुद्दा दर्ता भएका थिए भने यस बर्षको सोही अवधिमा ७२ वटा मुद्दा दर्ता  भएका छन् । 

यस बर्ष प्रहरीले १९९ ग्राम ४३७ मिलिग्राम खैरो हिरोईन, ५५८ ट्याब्लेट नाईट्राभेट, ५५५ क्याप्सुल स्पास्मो, २३ किलो १४० ग्राम ५६७ मिलिग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम, प्रोवयल स्पाम २३ क्याप्सल लगायत बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीको तथ्याँकमा रहेको छ ।

पक्राउ पर्ने १०७ जनामा ६१ जना  ९४२।९९५० १६ बर्ष देखि २५ बर्षसम्मका र ३७ जना ९३४।५७५० २६(३५ बर्षसम्मका रहेका छन् ।

मुद्दाको संख्याको आधारमा हेर्दा गत बर्षको ६ महिनाको तुलनामा यो बर्षको सोही अवधिमा ६७।४४५  र मानिस पक्राउको संख्या हेर्दा  ८७।७१५ ले लागु औषधका मुद्दा तथा मानिस पक्राउ संख्या बढेको देखिन्छ । 

लागू औषध बिरुद्धको अभियान र प्रहरी सकृयताका कारण उल्लेख्य रुपमा मानिसहरु पक्राउ गरिएको भएता पनि खुला सीमाना, सीमा पारी लागू औषधको सहज उपलब्धता, बालबालिकाहरुमाथि अभिभावकको निगरानीको कमी, गलत संगत र प्रहरीसम्म सूचना सम्प्रेषणको अभावका कारण लागू औषध प्रहरीका लागि मात्र नभई सिंगो समाजका लागि चुनौतीको बिषय रहेको प्रहरी उपरीक्षक विश्व अधिकारी बताउनु हुन्छ ।

लागू औषध कारोबारी तथा प्रयोगकर्ता हाम्रै घर छिमेकमा रहने हुनाले प्रत्येक परिवार, स्थानीय प्रतिनीधि तथा समूदाय यसतर्फ सजग भई प्रहरीलाई सूचना दिई लागू औषधको कारोवार तथा सेवनलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्न प्रहरी उपरीक्षक अधिकारीले आग्रह गरेका छन् ।  

लागू औषध बिरुद्ध जिल्ला प्रहरी कार्यालयको अभियान निरन्तर जारी रहने र लागू औषधमा संलग्न जो कोही लाई कानुनको दायरामा ल्याई छाड्ने एसपी अधिकारी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु