बझाङमा ट्याक्टरको चक्काले किचेर सहचालकको घटनास्थलमै मृत्यु

छिनोफानो   शुक्रबार २१, माघ २०७८ १०:४७

बझाङको थलारा गाउँपालिका-३, चाखुडीधारमा ट्याक्टरको चक्काले किचेर सहचालकको घटनास्थलमै मृत्यु भएको छ । थलारा-२ का २८ वर्षीय लालबहादुर दाहालको मृत्यु भएको हो ।

हिजो बेलुका करिब सवा ७ बजे झनना बजारबाट कफलडाँडातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२७ नम्बरको ट्याक्टर उकालोमा नचढी पछाडि सर्दा ट्याक्टर पछाडि उभिएका दाहाललाई किचेको थियो । ट्याक्टर चालक प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय थलाराले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु