अनेरास्ववियूले कैलालीमा आज सरकारी गाडी चल्न नदिने

छिनोफानो   शुक्रबार २१, माघ २०७८ ११:४१

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववीयु कैलालीले शुक्रबार आज सरकारी गाडी चल्न नदिने भएको छ। अनेरास्ववीयु कैलालीका संयोजक किशोर शाहले आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार जिल्लाभर सरकारी नम्बर प्लेटका सवारीसाधन चल्न नदिने बताए।

उनले विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा साँचो नियन्त्रणमा लिने बताए। संयोजक शाहलेअनेरास्ववीयुको केन्द्रीय कमिटिको निर्देशनवमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले बुधबार धनगढीमा विरोध प्रर्दशन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका थिए। अनेरास्ववीयुले वृद्धि गरिएको मूल्य तत्काल फिर्ता नलिएमा थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिदै आएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु