पछिल्लो २४ घण्टामा २,५२६ मा कोरोना संक्रमण,१६ जनाको मृत्यु

छिनोफानो   शुक्रबार २१, माघ २०७८ ०५:२८

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ । संक्रमण घट्दै गए पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । बिहीबार नेपालका कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

संक्रमण भने निरन्तर ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २,५२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १,६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु