चौलानीको तेस्रो साखा चौलानी मिनी मार्ट धनगढीको मोती चौकमा सञ्चालनमा

छिनोफानो   शनिबार २२, माघ २०७८ ०२:४५

चौलानी ग्रुप अप कम्पनी प्रा.लि ले नया साखा चौलानी मिनी मार्ट बिस्तार गरेको छ । लामो समय देखी धनगढीमा चौलानी डिर्पाटमेन्टल स्टोरका रुपमा सेवा दिदै आएको चौलानी ग्रुप अप कम्पनी प्रा.लि ले मिनी मार्टका रुपमा धनगढी उप महानगरपालीका ७ स्थीत मोती चोकमा नँया साखा बिस्तार गरेको हो । मिनी मार्ट लाई धनगढी उप महानगरपालीका ७ का अध्यक्ष सितारम चौधरीले उद्धघाटन गरेका छन् ।


हाल सम्म चौलानी ग्रुप अप कम्पनी प्रा.लि ले धनगढी एल एन चोक स्थीत चौलानी  डिर्पाटमेन्टल स्टोर र ट्राफीक चौराह स्थीत चौलानी मिनी मार्ट बाट सेवा दिदै आएको थियो ।

नँया साखा बिस्तार सँगै क्याम्पस चोक ,बुद्ध चोक ,मोती चोक ,मनहेरा ,बेली ,देपरीया, घुइया घाट , धनगढी गाँउ ,जेगेडा लगाएतका ग्रहकलाई सेवा प्रदान गर्ने लक्ष्यले ६० लाखको लगातमा मार्ट सञ्चालना ल्याएको चौलानी ग्रुप अप कम्पनी प्रा.लि का प्रबन्ध निर्देशक मान सिह साउदले जानकारी दिनु भएको छ ।

साथै चौलानीले कैलालको चौमाला,मसुरीया ,पहलमानपुर र सुख्खडमा पनि नया साखा बिस्तारको तयारी थालेको साँउद ले बाताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु