मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ

छिनोफानो   शनिबार २२, माघ २०७८ ०३:०१

मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।

प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ । पक्राउ परका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु