स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

छिनोफानो   शनिबार २२, माघ २०७८ ०३:०६

स्याङ्जाको बिरुवा गाउँपालिका-३ धोवादीमा शुक्रबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा-३ राङभाङका बेलबहादुर थापा र भेषबहादुर थापा रहेका छन् ।

बेलबहादुर चालक हुन् भने भेषबहादुर सहचालक रहेको स्थानीयले जनाएका छन् । नेकपा एमालेका बिरुवा गाउँपालिका अध्यक्ष प्रकाश थापाका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ ।

ग १ ज ५९३९ नम्बरको जीप शुक्रबार राति ९ बजेतिर घुम्ती मोड्ने क्रममा सडकबाट ७ सय मिटर तल झरेको थापाले बताएका छन् । ‘जीप के कारण सडकबाट खस्यो भन्ने जानकारी भएन,’ उनले भने, ‘बिहान गाउँमा खोजतलास गर्दा जीप दुर्घटना भएको खबर पाएपछि घटनास्थल पुग्यौं । घटनास्थलमै दुई जनाको मृत्यु भएको पाइयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु