प्रेस चौतारी कैलालीको नयाँ कार्य समिति सर्वसम्मत चयन, अध्यक्षमा आचार्य

छिनोफानो   बुधबार २६, माघ २०७८ ०८:३३

धनगढी । प्रेस चौतारी नेपाल कैलालीको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । मंगलबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट भानुभक्त आचार्यको अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन भएको हो ।

प्रेस चौतारी सुदूरपश्चिमका सहइन्चार्ज गोविन्द रोस्याराको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेको कार्य समितिलाई बन्द सत्रले अनुमोदन गरेको हो । उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष (महिला) गीता चौधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, रौशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रेमुख आथित्यतामा भएको उदघाटन सत्रमा प्रदेश इन्चार्ज हेमन्त पौडेल, महासचिव शिवराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु