बाजुरामा शिक्षक बाटै बालिका बलात्कृत शिक्षक पक्राउ

छिनोफानो   बुधबार २६, माघ २०७८ ११:३१

बाजुरामा बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा ८ स्थित झालारी घर भई बाजुराको सेती, कर्णाली एकेडेमी बोड्रिङ स्कुलमा अध्यापन गराउदै आएका शिक्षक भिम ठगुन्ना रहेका छन ।
उनले राती होटलेमा सुतीरहेकी एक बालिकालाई जवर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्धा दिएपछी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनलाइ प्रहरीको अनुसन्धान पछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनलाई माघ २३ गते पक्राउ गरी जिल्ला अदालतमा म्याद थपेर जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु