‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी आजै देशभर एमसीसी सम्झौताविरुद्ध प्रर्दशन गर्ने

छिनोफानो   बुधबार २६, माघ २०७८ ११:४७

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध आज ६ कम्युनिस्ट पार्टी र दुई मोचाले काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्ने भएका छन् ।एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।

धनगढीको ट्राफीक चोक बाट सुरु हुने प्रदर्शन प्रदेश सभा सम्म पुग्ने जनाइएको छ । । यसबाहेक उनीहरुले आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु