काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु

छिनोफानो   बुधबार २६, माघ २०७८ १२:०५

 काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ३ बर्षीय श्रीयन पाण्डेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु