आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्मका लागि सारियो

छिनोफानो   बुधबार २६, माघ २०७८ १२:१०

आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्मका लागि सारिएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको बैठक फागुन २ गतेका लागि सारिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसकेको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु