सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु

छिनोफानो   बुधबार २६, माघ २०७८ ०४:२६

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अपराह्न पदाधिकारी बैठक शुरु भएको हो ।

निर्वाचन, एमसीसीलगायतका एजेण्डामा बैठक बसेको हो । सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा निर्वाचनको भावी रणनीति, एमसीसीलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको एजेण्डाका विषयमा पनि छलफल भइरहेको बताइएको छ । यसअघि कांग्रेस नेता शेखर कोइराला पक्षको बैठक बसेको थियो । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।

बालुवाटार क्षेत्रमै कांग्रेस इतर समूहका नेताहरुबीच छलफल भएको स्रोतले जनाएको छ । यसअघि हिजो मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए । सो भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद खुलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो ।

सभापति देउवासँगको भेटमा नेता कोइरालाले ओलीसँग भएका छलफल बारे ब्रिफ्रिङ गर्ने स्रोतले जनाएको छ । त्यसका साथै पार्टीको आन्तरिक विषयमा समेत कुराकानी हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु