एमसीसी सम्झौता विरुद्ध ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाकोे धनगढीमा प्रदर्शन

छिनोफानो   बुधबार २६, माघ २०७८ ०६:०७

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध आज ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले धनगढीमा जनप्रदर्शन गरेका छन् । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो २ बजे देखि  प्रदर्शन गरेका हुन् ।

धनगढीको ट्राफीक चोक बाट सुरु भएको प्रदर्शन पार्कमोड  स्थीत कोण सभामा परिणत भएको थियो । । कोणसभामा सबै पार्टी का प्रतिनीधीहरुले सम्वोधन गरेका थिए । कोण सभालाइृ सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी का केन्द्रीय सदस्य ओम प्रकाश पुनले एमसीसी मार्फत बिभिन्न बाहानामा साम्राज्यवादी शक्तीहरुले नेपालको स्वाधीनता माथी हस्तक्षप गर्न नेपाली भुमीमा अमेरीकन सेनाको बुट बजारर्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ ।उनले नेपालका प्रकुतीक सम्पदामा अाँखा गाडी रेहेका साम्रज्यवादी शक्तीहरुलाई सम्झौताका बाहानामा  देश प्रवेश गराउन खोज्ने सत्ताधारी दलालहरुका विरुद्ध राष्टी्रय प्रतीसोध गर्नु पर्ने बताउनु भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु