मोटरसाइकलबाट लडेकी महिलालाई ट्रकले किच्दा मृत्यु

छिनोफानो   बिहिबार २७, माघ २०७८ ०९:२६

झापाको गौरादहमा ट्रकले किच्दा एक एक महिलाको ज्यान गएको छ । बुधबार दिउँसो झापाको शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको गौरादह नगरपालिका-१ मा भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

प्रहरीका अनुसार नन्दलाल दाहालले चलाएको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार दाहाल अचानक लडेकी थिइन् । लड्ना साथ उनलाई मे १ ख २६९८ नम्बरको ट्रकले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिमादेवीलाई किचेपछि ट्रक पनि बाटो छेउमा पल्टेको प्रहरीले जनाएको छ । ट्रक चालक गौरादहका ३६ वर्षीय सन्तोष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु