कैलाली जिल्लाका विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने

छिनोफानो   बिहिबार २७, माघ २०७८ १०:१४

कैलाली जिल्ला संकट व्यवस्थापन केन्द्र को बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ । कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लाका विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका हुन्  ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाई कक्षा सञ्चालन गर्न सक्ने निर्णय भएको सूचना अधिकारी जोशीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु