जुत्ता चप्पल पसलको गोदाममा भीषण आगलागी : पाँच जनाको घरभित्रै फसेर मृत्यु

छिनोफानो   शुक्रबार २८, माघ २०७८ ११:१७

दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।

राति करिब पौने २ बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु