संसद्ले जेसुकै गराेस्, सभामुखले एमसीसी राेक्न पाउँदैनन् : अध्यक्ष ओली

छिनोफानो   शुक्रबार २८, माघ २०७८ ०३:१३

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्णय गरेर संसदमा पेस गर्न लागेको अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई सभामुखले रोक्न नपाउने बताउनुभएकाे छ । आज शुक्रवार स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अघिल्लो सभामुख र अहिलेको सभामुख दुवैले अनधिकृत काम गरेको ओलीले बताउनुभयो । संसदले जेसुकै गरे पनि सभामुखले एमसीसी संसदमा पेस गर्नुपर्ने एमाले अध्यक्ष ओलीकाे भनाइ छ ।

सत्ता गठबन्धन नै एमसीसीबारे एकमत नहुनु समस्या भएको ओलीकाे भनाइ छ । सत्ता गठबन्धनले अमेरिकासँग एमसीसी पारित गर्न समय माग्ने अनि यता नागरिकलाई पारित गर्न हुन्न भनेर उचाल्ने दुई किसिमको चरित्र भएको अध्यक्ष ओलीकाे भनाइ छ ।

प्रधानमन्त्री स्वयम् र एउटा पार्टीको अध्यक्षले एमसीसीलाई पत्र लेख्नु कुटनीतिक व्यवहार विपरीत भएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु