कोभिड-१९ को महामारी अबको केही महिनामा नै अन्त्य हुने सम्भावना : डब्ल्यूएचओ

छिनोफानो   शनिबार २९, माघ २०७८ ११:२७

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को महामारी अबको केही महिनामा नै अन्त्य हुने सम्भावना रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले विश्वका ७० प्रतिशत मानिसले कोरोना खोप लगाएको अवस्थामा आगामी जुनदेखि जुलाईसम्ममा कोरोनाको कठिन चरण समाप्त हुने बताएका हुन् ।

शुक्रबार दक्षिण अफ्रिकामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गेब्रेयेससले भने, ‘यदि ७० प्रतिशतलाई खोप लगाउन सकियो भने कठिन चरण साँच्चै नै अन्त्य हुन सक्छ र यो हाम्रो अपेक्षा हो । यो हाम्रो हातमा रहेको कुरा पनि हो । यो सम्भावनाको कुरा होइन, यो छनोटको कुरा हो ।’

उनले दक्षिण अफ्रिकाले बनाइरहेको नयाँ प्रविधिको सस्तो कोरोना खोपले महामारी नियन्त्रणको लागि थप सहयोग गर्न सक्ने बताएका छन् । यसअघि डब्ल्यूएचओकी अफ्रिका प्रमुखले अहिले अफ्रिका कोरोना महामारीबाट बाहिर आउने प्रयासमा रहेको बताएकी थिइन् ।
अफ्रिकामा अहिले केवल ११ प्रतिशत मानिसले मात्र कोरोना खोप लगाएकाले महामारीबाट बाहिर आउन अफ्रिकामा कोरोना खोप अभियान ६ गुणाले बढाउनु जरुरी रहेको डब्ल्यूएचओले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु