दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते

छिनोफानो   शनिबार २९, माघ २०७८ ११:३८

दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैको लमहीमा उपचार भइरहेको छ । भारत उत्तर प्रदेशको शंकरपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप गए राति गढवा गाउँपालिका-५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु