अवैध यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले चितवनबाट दुई युवती र तीन पुरुषलाई पक्राउ

छिनोफानो   शनिबार २९, माघ २०७८ ११:४३

अवैध यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले चितवनबाट दुई युवती र तीन पुरुषलाई पक्राउ गरेको छ ।
नारायणगढको लायन्स चोकस्थित कल्पना होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल भरतपुर महानगरपालिका-२ मा डेरा गरी बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका-१ बस्ने सन्जोग महरा, नवलपरासीको बौदिकाली गाउँँपालिका-६ की मुस्कान ठकुरी, भरतपुर महानगरपालिका-७ की रोशनी मगर र नवलपरासीको देवचुली नगरपालिका-२ घर भएकी कल्पना महरा छिन् ।

महरा होटलकी सञ्चालिका भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । होटलमा अवैध यौन क्रियाकला भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु