देउवालाई प्रचण्ड र नेपालको चेतावनी-‘संसद्मा एमसीसी पेश गर्न जबर्जस्ती नगर्नुस् गठबन्धन भत्किन्छ’

छिनोफानो   शनिबार २९, माघ २०७८ ०४:०४

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहँदा सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच घनीभूत छलफल भइरहेको छ । छलफलले कुनै निष्कर्ष ननिकाल्ने केवल बैठकमा मात्र उपस्थित भएको देखिन्छ ।

शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच एमसीसी पास वा फिर्ता पठाउने भन्ने विषयमा निष्कर्षविहीन छलफल टुंगिएको छ । दुई नेता एकातिर र प्रधानमन्त्री शेरबहादुर देउवा एकातिर भएरै छलफल टुंगिएको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति देउवाले अब ढिला नगरी एमसीसी संसद्मा पेश गर्नुपर्ने भनेका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने संसदमा एमसीसी पेश गर्न नहुने अडान राखेका थिए ।

प्रचण्ड र नेपालले संसद्मा एमसीसी पेश गर्नुअघि दलहरुबीच साझा धारणा बनाएर जानुपर्ने भनेर भनेका थिए । साथै, स्थानीय तहको निर्वाचनपछि मात्र एमसीसीको विषयमा अघि बढ्न सकिने दुई नेताको भनाइ थियो ।

तर, प्रधानमन्त्री देउवाले भने संसद्मा सबै दलको धारणा बुझ्न एमसीसी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले छलफलमा पटक पटक संसद्मा एमसीसी पेश गर्नुपर्ने भनेपछि यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ दुई नेताले चेतावनीसमेत दिएको बताइन्छ ।

दुई नेता एकातिर र प्रधानमन्त्री देउवाको अडान एकातिर भएपछि शनिबारको बैठक निष्कर्षविहीन सकिएको छ भने पुनः यस विषयमा बैठक बस्ने भनिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु