रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै

छिनोफानो   आइतबार ०१, फागुन २०७८ ०८:०६

आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन । 

रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियो प्रतिको विश्वास बढाउने र रेडियोलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यस दिवसको वर्ष २०२२ को संस्करण केन्द्रित रहनेछ ।मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्त्वपूर्ण योगदान छ  । रेडियो एउटा यन्त्र या साधनमात्र नभई एउटा विश्वास पनि हो ।

सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्छ, सञ्चारको माध्यममा यो एउटा क्रान्ति हो । सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरका रेडियो तरङ्गहरूलाई हामी रेडियो मार्फत सुन्दछौँ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु