धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को ट्रफि सार्वजनिक

पवन भण्डारी   आइतबार ०१, फागुन २०७८ ०४:५१

सोमबारबाट धनगढीमा आयोजना हुने धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को ट्रफि सार्वजनिक गरिएको छ । फागुन २ गतेदेखि १४ गतेसम्म  धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको आज धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर वडले ट्रफि सार्वजनिक गरेका हुन ।

ट्रफि सार्वजनिक गर्दै नगर प्रमुख वडले यस प्रतियोगिताले धनगढीलाई क्रिकेटको शहर बनाउन मद्धत पुग्ने बताए । उनले सुदुरपश्चिम प्रदेश लाई नै खेलकुदका माध्यम बाट देश भर चिनाउनु पर्ने बताए । छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहेको छ ।

प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा बिद्यालयको सहभागीता रहने छ ।  प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए । प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का प्रहारको अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ ।

सोमबार हुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु