एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोगबारे निर्णय लिने

छिनोफानो   सोमबार ०२, फागुन २०७८ ०८:५१

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि एमाले संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकमा  कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रधानन्यायाधीश जबराविरुद्ध लगाएको महाअभियोगबारे छलफल हुने बताइएको छ । 

आकस्मिक आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध ल्याएको प्रस्तावको जवाफ दिँदै एमालेले अन्य केही न्यायाधीश र सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सम्भावना बढेको छ ।

भर्खरै घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई धकेल्ने प्रयास र षड्यन्त्रअन्तर्गत सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको हुनसक्ने एमालेको आशंका छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु