धनगढीमा लागूऔषधसहित एक महिला पक्राउ

छिनोफानो   सोमबार ०२, फागुन २०७८ ०२:३७

धनगढी । कैलालीमा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् । जिल्लाको कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने २६ बर्ष की देउमती साउँद लागूऔषध (चरेश) सहित धनगढी बसपार्कबाट पक्राउ परेकी हुन् ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई १२ ग्राम लागूऔषध (चरेश) सहित पक्राउ गरेको हो ।

उनलाई धनगढी उपमहानगरपालिका ४ बसपार्क एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु