देउवाका ज्योतिषीको भविष्यवाणी– महाभियोग कालसर्प योगमा पर्‍यो, सत्ता गठबन्धनलाई नै हान्छ

छिनोफानो   सोमबार ०२, फागुन २०७८ ०३:१०

प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगले सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने भविष्यवाणी गरेका छन् ।

महाभियोग दर्ताको समय शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्ने देखिएको उनको भविष्यवाणी छ ।

'प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको याेग वर्तमान समयमा निर्माण भएकाे छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गाे भनेर माघ १८ गते नै जानकारी गराइसकेकाे थिएँ ।​ महाभियाेग दर्ता नै शक्तिशाली कालसर्प याेगमा परेकाले सत्तापक्षलाई नै यसकाे गम्भीर असर पर्नसक्ने याेगले देखाएकाे छ । जबरालाई महाअभियोग दर्ता गरेकाे समय नै कालसर्प याेगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएकाे छ,' रिजालले फेसबूकमा लेखेका छन् ।

रिजाल देउवालाई ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भन्ने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।

हालै स्थानीय तहको निर्वाचन घोषणा गर्नुअघि पनि देउवाले रिजालसँग सल्लाह लिएर मिति तय गरेको खुलासा भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु