नेपाल फोटो पत्रकार महासँघ डडेल्धुरा शाखा नयाँ कार्यसमिति सर्बसम्मत चयन

छिनोफानो   मङ्गलबार ०३, फागुन २०७८ ०४:२८

नेपाल फोटो पत्रकार महासँघ डडेल्धुरा शाखाको अध्यक्षमा प्रेस युनियन डडेल्धुराका उपाध्यक्ष भान बहादु्र बि।क सर्बसम्मत चयन भएका छन । मङ्गलवार ९आज०नेपाल फोटो पत्रकार महासँघ डडेल्धुरा शाखाको पहिलो जिल्ला भेलाबाट अध्यक्षमा बि।क सहित उपाध्यक्ष बहादुर साँउद,सचिव राकेश दयाल,सहं९सचिव धनी कोली, कोषाध्यक्ष ममता भट्ट,सह कोषाध्यक्ष सँगिता ठकुराठी,सदस्यहरुमा क्रमशः गणेश मगर,ईश्वरी पनेरु बिवेक जैरु सुरेन्द्र धामी,भाष्कर उप्रेती,डम्बर निदाल, पदमा साँउद,प्रकाश बि।सि सँगै १४ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ ।


 नेपाल फोटो पत्रकार महासँघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष बिवेक नागरीको अध्यक्षतामा र नेपाल पत्रकार महासँघ का केद्रिय सदस्य उत्तर बिष्ट प्रमुख अथिति रहेका थिए भने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य करन ताम्राकार , नेपाल पत्रकार महासँघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिँह बिशिष्ट अथिति रहेका थिए । मङ्गलवार ९आज०नेपाल फोटो पत्रकार महासँघ डडेल्धुरा शाखाको कार्यसमिति चयन भए सँगै सुदुरपश्चिमका ९ जिल्लामै यसको कार्यसमिति गठन भई सकेको  नेपाल फोटो पत्रकार महासँघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष नागरीले बताए । 


कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले नेपाल फोटो पत्रकार महासँघको बिषयमा आ९आफ्ना धारणा राखेका थिए । पत्रकारिता क्षेत्रमा सक्रिय  रहेका पत्रकारहरुको ठाउँठाउँमा परिक्षण भईरहेको हुदा यसको मानसम्मान राख्ने गरि स्वच्छ ,निष्पक्ष ढङ्गबाट काम गनूपर्ने साथै फोटो पत्रकारहरुले डडेल्धुरा जिल्लाका ऐतिहासिक तस्विरहरु जिवन्त राख्नु पर्ने र पर्यटकिय गन्तब्य बनाउनु पर्ने नेपाल पत्रकार महासँघ का केद्रिय सदस्य बिष्टले बताए । 


पत्रकारिताको धर्म, काम , कर्तब्य र अधिकारलाई सहि ढङ्गबाट कार्यान्वयन गर्नूपर्नेमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य ताम्राकारले जोड दिए ,उनले भने पछिल्लो समय पत्रकार नै पत्रकारको बिरुद्धमा गईरहेका र यसले समग्र पत्रकारिता जगतमा ठेस पुग्न सक्ने प्रति सचेत हुन उनले आग्रह गरे । जिल्ला स्थित पत्रकार,सँगठन तथा आम सन्चार माध्यममा काम गर्ने सन्चारकर्मीहरु सँग समुन्वय र सहकार्य गरेर अगाडि बढ्ने र  महासँघबाट हुने साथ सहयोग गर्न आफु हरदम तत्पर रहेको  नेपाल पत्रकार महासँघ जिल्ला शाखा डडेल्धुराका अध्यक्ष हिक्मत सिहँको भनाई थियो ।


कार्यक्रममा प्रेस युनियन डडेल्धुरा अध्यक्ष धन बहादुर भण्डारी,,प्रेस चौतारी नेपाल डडेल्धुरा अध्यक्ष लोकेन्द्र ओझा , समाजवादी प्रेस सँगठन डडेल्धुरा अध्यक्ष भुपेन्द्र बिष्ट , मिडिया नेपालका डडेल्धुरा अध्यक्ष बिमल जैरु लगायत पत्रकार महासँघ डडेल्धुराका पदाधिकारी तथा जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु