काठमाण्डौसहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चल्दै : सडकमा सुरक्षाकर्मीकाे पहरा

छिनोफानो   बुधबार ०४, फागुन २०७८ ११:४२

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो । प्रहरीकाअनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् ।  प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ ।

विराटनगर, बुटबल, नेपालगञ्ज, धनुषा, धनगढी लगायतका मुख्य शहरमा गाडी सामान्य चलिरहेका त्यहाँ रहेका हाम्रा सहकर्मीले जनाएका छन् । दाङमा भने बन्दकाे केही प्रभाव  परेकाे छ । दाङमा लामाे तथा छाेटाे दुरीका गाडी चल्न सकेका छैनन् ।

यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको हो ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु