यथास्थितिमा एमसीसी अगाडि नबढाउने माओवादीको निर्णय, जबरजस्ती गरे सरकार नै छोड्ने

छिनोफानो   बुधबार ०४, फागुन २०७८ ११:५५

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसकिने निर्णय गरेको छ ।

माओवादी संसदीय दलको बिहान बसेको बैठकले संसद सञ्चालन नहुँदासम्म र सहमति नबन्दासम्म एमसीसीका विषयमा अगाडि नबढ्ने निर्णय गरेको हो । बैठकले माओवादी यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

सहमति बिना जबर्जस्ती गरे बरु सरकार छोड्न नै तयार रहेको माओवादीले चेतावनी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एमसीसी संसद बैठकमा टेबल गर्ने तयारी गर्नु भएको छ । तर, सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अगाडि नबढाउने अडान राख्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु