संसदको आजको बैठकमा एमसीसी टेबल नहुने

छिनोफानो   बुधबार ०४, फागुन २०७८ १२:४३

काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो ।

संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ । यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको निर्णयलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुग्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु