गर्भावस्थामा कोरोना खोप लगाउँदा आमा र जन्मिने शिशु दुवै सुरक्षित हुन्छन् : अध्ययन

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ ०८:०४

अमेरिकाले गरेको एउटा अध्ययनले गर्भावस्थामा काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवैलाई सुरक्षा प्रदान गर्ने देखाएको छ । 

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) र अमेरिकाका विभिन्न बाल अस्पतालका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनमा गर्भावस्थामा कोभिड खोपले जन्मिने शिशुलाई सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । 

हिजाे मङ्गलवार सार्वजनिक प्रतिवेदनमा गर्भावास्थामा कोरोना खोप लगाएका माहिलाबाट जन्मिएका शिशुमा कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुने सम्भावना समग्रमा कोभिडविरुद्धको खोप ६१ प्रतिशत प्रभावकारी देखिएको पाएको उल्लेख छ । 

प्रतिवेदनमा गर्भवती भएको २१ हप्तादेखि सुत्केरी हुनु १४ दिन अगाडिसम्म खोप लगाएकाहरूको शिशुलाई खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गरेको देखिएको दाबी गरिएको छ । 

यस्तै सीडीसीले गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भको योजना बनाइरहेका महिला र भविष्यमा गर्भवती हुन सक्ने महिला सबैले कोभिडविरुद्धको खोप लगाउन सिफारिस गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु