सिंचाइमन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ ०२:२०

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री भुसाल र राजदूत निकोलाबीच भेटवार्ता भएको हो ।

मन्त्री भुसालले राजदूत निकोलासँग शिष्टाचार भेट भएको जानकारी दिइन् । भेटमा दुई देशबीचको सम्बन्ध र कोभिड-१९ महामारीबीच नेपाल-बेलायत सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढ जस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु