‘सामाजिक एकता पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ ०२:२२

 ‘सामाजिक एकता पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निणर्य गरेको थियो ।

धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए । उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु