एम्बुलेन्सको ठक्करबाट बुधबार साइकलयात्रीको मृत्यु

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ ०२:२६

महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा एम्बुलेन्सको ठक्करबाट बुधबार साइकलयात्रीको मृत्यु भएको छ । गौशाला नगरपालिका-११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ । बुधबार बेलुका करिब पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु