कम्युनिष्ट नेता पाण्डे बिप्लप नेतृत्वको नेकपामा प्रवेश

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ ०६:१३


घोडाघोडी नगर पालिका ५ कैलाली निवासी . बामपन्ती नेता जयदत पाण्डे नेपाल कम्युनिस्ट पार्टीमा गरेका छन् । राष्ट्रिय जनमोर्चा नेपालबाट राजनिति शुरु गरेका पाण्डे २०६४ सालको पहिलो संविधान सभाको चुनाबमा सो पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका थिए । पछिलो समयमा क्रान्तिलाई विजय मध्यनजर गर्दै तत्कालिन नेकपा (माओवादी)का उम्मेदवार कृष्ण कुमार चौधरी (कुन्दन) लाइ सहयोग गर्दै सो पार्टीमा प्रवेश गरी राज्य कमिटी सदस्य भएर काम गर्दै पार्टी विभाजनपछि केन्द्रिय सदस्य जिम्मेबारी पनि समालेको उनले बताएका छन् । पछिल्लो समय एमाले र माओवदी एकतापछि केही विमति भएको र आफ्नो सहमति बिना जिल्ला सल्लाहाकार राखेको र फेरी पार्टी विभाजन भएपछि एमाले विस्तारित केन्द्रिय कमिटीमा राखेको र माओवादीले पनि विभिन्न कमिटीको राख्न खोजिएता पनि थुप्रै वैचारिक अस्पष्टता देखिएको हुदा दुवै पार्टीमा बस्न नचाहेको र केही समयदेखि वैज्ञानिक समाजवाद स्थापना गर्ने सक्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र देखिएको हुदा छलफल र बहस गर्दै आएको र यसमा प्रतिवद्ध भएर लाग्ने उद्देश्य सहित आजको मितिबाटै लाग्ने निर्णय सहित पार्टी प्रवेश गरेको जयदत पाण्डे जनाएका छन । उनलाइ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओम प्रकाश पुनले खाडा लगाएर स्वागत गरेका थिए भने सो सन्दर्भमा आफ्नो बनाइ राख्दै पुनले संसदियवादीहरु नाङ्गो रुपमा राष्ट्रघाटी सिद्ध भइ सकेको हुदा पाण्डे जस्तै सबै पार्टीमा भएका राष्ट्रवादीहरु गोलबन्द भएर एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि लाग्न आव्हान गर्नु भयो सो कार्यक्रममा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने लगायत जिल्लाका नेता÷कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु