प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित

छिनोफानो   शुक्रबार ०६, फागुन २०७८ ०१:५१

प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले अवरोध गरेको थियो । अवरोधबीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको बैठकमा प्रतिपक्षी एमालेले पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन भन्ने नारासहित अवरोध गरेको थियो । बैठकमा एमसीसीको टेबल गर्ने सरकारको तयारी भए पनि सत्ता गठबन्धनमा कुरा नमिलेपछि पर सारिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु