पाँच जिल्लाका सीडीओ फेरिए, हुम्लामा दलित समुदायबाट पहिलो महिला सीडीओ सीता परियार

छिनोफानो   शुक्रबार ०६, फागुन २०७८ ०२:०३

गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उनी दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।

नुवाकोटमा सह-सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ ।
धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु