भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

छिनोफानो   आइतबार ०८, फागुन २०७८ १०:२७

भालुको पित्त र यार्सागुम्बासहित कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका-१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई पक्राउ गरेको हो ।

उनको साथबाट भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला परेको प्रहरी निरीक्षक बमले जानकारी दिए। पक्राउ परेका कामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु