सभामुख सापकोटालाई फकाउन थाले ‘प्रचण्ड

छिनोफानो   आइतबार ०८, फागुन २०७८ १०:३१

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी टेबल गराउन सभामुख अग्नी सापकोटालाई फकाउन थालेका छन् । भूराजनीतिको दवावमा परेका प्रचण्डले शनिबार एमसीसी टेबल गर्नेबारे सभामुख सापकोटासँग छलफल गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी समेत एमसीसी टेबल गर्न दिन सहमत भएपछि प्रचण्ड थप दवावमा परेका छन् ।

शनिबारको भेटमा प्रचण्डले राष्ट्रिय /अन्तराष्ट्रिय परिस्थीति सम्झाउँदै एमसीसी टेबल गरिदिन सभामुख सापकोटालाई आग्रह गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सभामुख सापकोटासँग निर्णायक छलफल गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
एमसीसी कुनै पनि हालतमा टेबल नगर्ने अडानमा रहेका सभामुख सापकोटा प्रचण्डसँगको भेटपछि केही लचिलो बनेका छन् । आज बस्ने सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने /नगर्नेबारे निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु